काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट दुई थान मोटरसाइकलसमेत बरामद गरेको महाशाखाले जनाएको छ।
ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले नयाँबजारबाट आयुष थापामगर र बालाजुबाट रोशन लामिछानेलाई पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार थापामगर र लामिछाने दुवै चोरीको मोटरसाइकलमा सवार थिए। थापामगर धादिङका हुन् भने लामिछाने दोलखाका हुन्। उनीहरु दुवै काठमाडौंमा बस्दै आएको र मोटरसाइकल चोरीमा संलग्न रहेको महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ।






