काठमाडौं : संयुक्त राज्य अमेरिकाको गल्फ टिचिङ फेडेरेसनबाट मास्टर सर्टिफिकेट हासिल गरेका सचिन भट्टराई विश्व गल्फ टिचर महासंघ (डब्लूजीटीएफ) ले नेपालका व्यावसायिक गल्फर सन् २०२०/२१ को शीर्ष एक सय गल्फ प्रशिक्षक सूचीमा सामेल भएका छन्।
रियल नेपाल गल्फ क्लबमा जुनियर क्याम्प गर्दै आइरहेका विश्वकै उत्कृष्ट प्रशिक्षकमा उनी सामेल हुन सफल भएका हुन्।
भट्टराईकै प्रशिक्षणमा प्रतिमा शेर्पाले गल्फ करियरमा धेरै चर्चा बटुल्न सफल भएकी छन्। यो सूचीमा सामेल हुँदा आफूलाई धेरै ठूलो खुसी मिलेको भट्टराईले बताएका छन्।






