Home / Sports / म्याट हेनरीसँगको अनुबन्ध रद्द

म्याट हेनरीसँगको अनुबन्ध रद्द

लन्डन,एजेन्सी । इंग्लिश काउन्टी टीम केन्टले कोरोना भाइरस महामारीका कारण न्यूजील्यान्डका चर्चित बलर म्याट हेनरीसंगको करार रद्द गरेको छ।

कोरोनाको कारण केन्ट क्लबले हेनरीसँग इंग्लिश काउन्टी च्याम्पियनसिपका सुरुवाती सात म्याचका लागि गरिएको अनुबन्ध रद्द गरेको बताईएको हो।

योसंगै कोरोनाका कारण यस वर्ष इंग्लिश काउन्टी च्याम्पियनसिपमा खेल नपाउने हेनरी चौथो खेलाडी समेत बनेका छन्। हेनरीभन्दा अघि नाथन लियोन, चेतेश्वर पुजारा र माइकल नेसरले यस वर्षको इंग्लिश काउन्टी क्रिकेट नखेल्ने पकका भएका थिए।

२८ वर्षीय हेनरीले केन्टसँग सन् २०१८ पछि पहिलो पटक करार गरेका थिए। कोरोना प्रकोपका कारण संयुक्त अधिराज्यमा २८ मे सम्म कुनै पनि प्रकारको क्रिकेट प्रतियोगिता गर्न बन्देज गरिएपछि यी चार जना चर्चित खेलाडी खेल्नबाट बञ्चित भएका हुन।

केन्ट क्लबका क्रिकेट निर्देशक पाउल डाउन्टेनले भने,–“२८ मे सम्म कुनै म्याच नखेलिने पक्का भएकोले हाम्रो टिमले हेनरीसँगको करार रद्द गरेको हो। हाम्रो यस निर्णयलाई स्वीकार्नु भएकोमा हामी हेनरीलाई धन्यवाद दिन चाहन्छौ। साथै भविष्यमा उनी हाम्रो टिममा जोडिनेछ भनेर कामना पनि गर्छौं।”

म्याट हेनरीले सन् २०१८ मा केन्टबाट खेलेका थिए। त्यतिबेला उनले शानदार प्रदर्शन गर्दै ११ म्याचमा ७५ विकेट लिएका थिए। हेनरी गत वर्षदेखि फर्ममा छन्। उनले विश्वकपको सेमीफाइनलमा भारतविरुद्ध आफ्नो राष्ट्रलाई जिताउन अहम भूमिका निभाएका थिए। उनले उक्त म्याचमा ३७ रन खर्चेर ३ विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *