Home / Politics / मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई गरे तीन महिनाकोलागी निलम्बन

मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई गरे तीन महिनाकोलागी निलम्बन

काठमाडौं : प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले नेकपा संसदीय दलका सदस्य तथा प्रदेश सभाका १५ जना सदस्यलाई तीन महिनाको लागि संसदीय दलको कुनै क्रियाकलापमा भाग लिन नपाउने गरि निलम्बन गरेका छन्।

दलको विधान २०७६ को दफा २६ (ग) को (२) (४) बमोजिम आगामी तीन महिनाको लागि निलम्बन गरिएको जानकारी विज्ञप्तिमा उल्लेख छ।

भीमप्रसाद आचार्यसहित १५ जना सदस्यलाई निलम्बन गरिएको छ । यसअघि संसदीय दलको बैठक बसेर राईलाई हटाउँदै आचार्यलाई दलको नेता चयन गरिएको थियो।

निलम्बनमा परेका सांसदहरुमा टंक आम्बुहाङ, राजेन्द्र कुमार राई, सावित्रा कुमारी रेग्मी, कुलप्रसाद साम्बा, लिलाबल्लभ अधिकारी, इन्द्रबहादुर आङ्वो, मोहनकुमार खड्का, भीमप्रसाद आचार्य, कुसुमकुमारी श्रेष्ठ, सरिता थापा, धिरेन्द्र शर्मा, जीवन घिमिरे, यशोधा अधिकारी, लक्ष्मण तिवारी र विजयकुमार विश्वासलगायत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *