Home / Nepal / ‘हाम्रो सान, हाम्रो स्वाभिमान : राष्ट्रिय पोसाक हाम्रो पहिचान’ भन्ने नारासहित राष्ट्रिय पोसाक दिवस मनाइँदै

‘हाम्रो सान, हाम्रो स्वाभिमान : राष्ट्रिय पोसाक हाम्रो पहिचान’ भन्ने नारासहित राष्ट्रिय पोसाक दिवस मनाइँदै

‘हाम्रो सान, हाम्रो स्वाभिमान : राष्ट्रिय पोसाक हाम्रो पहिचान’ नारासहित राष्ट्रिय पोसाक दिवस मनाइँदै
काठमाडौं : “हाम्रो सान, हाम्रो स्वाभिमान : राष्ट्रिय पोसाक हाम्रो पहिचान’ भन्ने नारासहित भोलि (पुस १७ गते) औपचारिक राष्ट्रिय पोसाक दिवस मनाइने भएको छ।

यो दिवस २०७० पुस १७ गतेका दिनदेखि सुरुवात गरिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक राजानन्द माण्डव्यले एक विज्ञप्तिमार्फत जनाएका छन्।

बिहान ८ बजे माइतीघरबाट सुरु हुने उक्त कार्यक्रममा औपचारिक राष्ट्रिय पोसाक (दौरासुरुवाल, टोपी, गुन्युचोली) लगाएर उपस्थित हुन प्रतिष्ठानले आग्रह गरेको छ।

विश्वजगतमा चिरपरिचित मात्र नभई बहुसंख्यक नेपालीले सम्मानसाथ पहिरिने औपचारिक पोसाकको सम्मान र संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य भएको विज्ञप्तिमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *