आज काठमाडौं उपत्यका तथा देशका विभिन्न ठाँउमा नेवार समुदायले आज धुमधामका साथ यःमरि पुन्ही अर्थात यमरी पुर्णिमा पर्व मनाइरहेका छ्न।
आज विशेष गरेर काठमाडौं उपत्यका तथ वरीपरी बस्ने ज्यापु समुदायले आजको दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन्।
आज बिशेषगरी चामलको पिठो रोटीभित्र गुलीयो चाकु राखेर राखेर एक विशेष प्रकारको मम बनाउने गरिन्छ। जसलाइ नेवारी भाषमा यःमरि भनिन्छ।
सोही परिकार बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरि पुन्हीको रूपमा मनाउने गरिएको हो।






