तेलुगू : तेलुगू अभिनेता राम चरण कोरोना संक्रमणको चपेटामा परेका छन्। उनले सामाजिक सञ्जालमा आफू कोरोना भाइरसको संक्रमणमा परेको जानकारी दिएका हुन्।
रामले ट्विट गर्दै लेखेका छन्, “म कोरोना पोजेटिभ भएको छु। तर यसको कुनै लक्षण देखिएन। पोजेटिभ आउने बित्तिकै म होम–क्वारिन्टिनमा बसेको छु। चाँडै स्वस्थ हुने आशा गर्दछु।”
उनले पछिल्लो केही दिनदेखि आफूसँग सम्पर्कमा रहेकाहरुलाई कोरोना परिक्षण गराउन आग्रह पनि गरेका छन्।






