आज मंसिर शुक्ल पक्षको एकादशी जसलाइ मोक्षदा एकादशीको नामले चिनिने गरिन्छ। जान अंजानमा गरेका गल्ती एबम पापहरबाट मोक्ष प्राप्त हुने भएकोले यस एकादशीको ब्रत लिनु धार्मिक दृष्टिकोणले उपयुक्त मानिन्छ।
महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान श्रीकृष्णबाट गीता उपदेश प्राप्त गर्नु भएको भन्ने बिस्वास गरिन्छ ।आजका दिन मोक्षदा व्रतका साथै अनेकन, अध्ययनहरु एबम संकल्प वाचाहरु गरिने भएकोले हिंदुहरूमा आजको दिन बिशेस रूपले लिने गरिन्छ।
आजवाट दैनिक गीता स्तोत्र, विष्णु सहश्रनाम, बाल्मीकी रामायण लगायत अध्यन गर्नेछु भनेर संकल्पका लागि उत्कृष्ट दिन मानिन्छ ।
श्रीमद्भागवत् गीता महापूराण अनुसार मोक्षदा एकादशी भन्नाले विशेष गरी भगवान बिष्णुको पूजा भएकोले आज बिष्णु प्रतिमा स्थापना गरी धूप , दीप, नैवेद्य चढाइ भोलीपल्ट द्वादशीका दिन ब्राह्मण भोजन गराई दक्षिणा दिने चलन रहेको छ।
यसो गर्नाले पापबाट मोक्ष गराउने भएकोले नै यस एकादशीलाई मोक्षदा भनिएको हो ।






