नयाँदिल्ली । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार भारतका १७० स्थानलाई कोरोना हटस्पट घोषणा गरिएको जनाएको छ ।
मन्त्रालयले भनेको छ, ” बुधबार भारतमा समुदायिक संक्रमण नभएको पाइएको छ । तर, केही स्थानीय प्रकोप भने देखिएका छन् । भारतभर १७० स्थानलाई कोभिड-१९ हटस्पट घोषणा गरिएका छन् ।”
त्यसैगरी मुलुकलाई तीन भागमा वर्गीकरण गरिएकोसमेत बताइएको छ । जसअनुसार हटस्पट जिल्ला, नन-हटस्पट जिल्ला र ग्रिन जोन रहेका छन् ।
भारतका हालसम्म कोरोना संक्रमितको संख्या ११ हजार ४३९ पुगेको छ भने ३७७ जनाको मृत्यु भएको छ । हालसम्म एक हजार ३०५ जनाको कोरोना उपचार गरिएको छ । –डीएनए इन्डिया






