Home / Sports / खेलकुद प्रतिभा सम्मानबाट सात खेलाडी पुरस्कृत

खेलकुद प्रतिभा सम्मानबाट सात खेलाडी पुरस्कृत


काठमाडौं : खेलकुद प्रतिभा सम्मानबाट खेलाडीसहित खेलकर्मी पुरस्कृत भएका छन्। मंगलबार युवा तथा खेलकुद मन्त्रालयले सात खेलाडीसहित खेलकुद क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई सम्मान गरेको हो।

पुरस्कृत हुने खेलाडीमा १३औं ‘साग’मा नेपाललाई गल्फतर्फ दोहोरो स्वर्ण दिलाउने सुवास तामाङ, साइक्लिङकी लक्ष्मी मगर, तेक्वान्दोकी आयषा शाक्य र कराँतेका मण्डेकाजी श्रेष्ठ छन्। उनीहरु जनही एक लाख रुपैयाँसहित सम्मानित भए।

यस्तै, शारीरिक सुगठनका समिर श्रेष्ठ, भारोत्तोलनका विकास थापा र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले जनही ६६ हजार ६६६ रुपैयाँ पुरस्कार पाए।

प्रशिक्षकतर्फ तेक्वान्दोका नविन श्रेष्ठ र कराँतेका कुशल श्रेष्ठ जनही ५० हजारसहित पुरस्कृत भएका छन्।

यस्तै, जुडोका निर्णायक धर्मकुमार श्रेष्ठ, चिकित्सक ज्ञानेन्द्रविक्रम शाह र खेल संघबाट नेपाल गल्फ संघ जनही एक लाख रुपैयाँसहित पुरस्कृत भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *