काठमाडौं : नेपाली राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगर सख्त घाइते भएका छन्।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उनको घुँडामा चोट लागेको हो।
उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन्। शल्यक्रियापछि मात्र खेलबाट के-कति समय वञ्चित हुनुपर्ने हो थाहा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले बताए।






