Home / Politics / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल द्वारा प्रधानमन्त्री केपि शर्मा ओलिको बचाउ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल द्वारा प्रधानमन्त्री केपि शर्मा ओलिको बचाउ

काठमाडौं-: प्रधानमन्त्री केपी शर्मा ओलिले  गरेको सम्सद भङ्गको बिरोध र बचाउको मिश्रीत प्रतीक्रीया आइरहेको बेला  नेपालकम्यनिष्ट पार्टी ( नेकपा ) का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपि शर्मा ओलिको बचाउ  गर्दै संसद विघटन गर्ने कार्य सही भएको दावी गरेका छन् । 

मुख्यमन्त्री पोखरेलले आइतबार बेलुका सामाजिक सञ्जाल फेसबुमार्फत प्रधानमन्त्री ओलीलाई संसद विघटन गर्नुपर्ने बाध्यात्मकअवस्था आएको दाबी गरेका हुन् । 

उनले फेसबुकमा लेखेका छन्  ‘पार्टी एकताको मर्म विपरितको समिकरण,पार्टी विधानको व्यवस्था विपरित पहिलो वरियताका अध्यक्षतथा प्रधानमन्त्रीका विरुद्धको संगिन आरोप सहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा वाहिरवाट अविश्वास प्रस्ताव दर्ताकोचलखेल रोक्ने प्रयास असफल भएपछिको वाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जाने निर्णय आएको हो ।

 पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वभाविक मानिन्छ । चुनावले लोकतन्त्रसुरक्षित र सुदृढ हुन्छ । सडक आन्दोलनको वाटोले प्रतिकृयावादी र दक्षिणपंथीहरुलाई फाईदा पुर्याउन सक्छ । गंभीर र जिम्मेवार बनौ।’

https://www.facebook.com/100004376774206/posts/1747589635396912/?d=n

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *