काठमाण्डौ: समुदायस्तरमा सङ्क्रमण फैलिएको बारे पत्ता लगाउन सरकारले पुसभित्र तीन लाखको ‘ एन्टिजेन ‘ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ।
मन्त्रालयले परीक्षणका लागि देशभरि नै कर्मचारी खटाइएको र आउँदो आइतबारदेखि देशैभरि एन्टिजेन परीक्षण सुरु गरिने छ।
२०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका ठाउँमा यस परीक्षण गरिने मन्त्रालयले जनाएको छ।
२०० भन्दा बढी सक्रिय सङ्क्रमित , हटस्पट , ठूला सहर , घना बस्तिमा परिक्षण गरिने मन्त्रालयले जनाएको छ।






