Home / Nepal / News / दाङमा गुडिरहेको बसमा आगलागी

दाङमा गुडिरहेको बसमा आगलागी

दाङ : दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ। बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो। 

मानवीय क्षति भने हुन नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए। आज बिहान ६ बजे तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ। गाडीमा १५,१६ जना यात्रु भएको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *