Home / Nepal / News / धादिङमा ५० किलो चरेसहित एकजना पक्राउ

धादिङमा ५० किलो चरेसहित एकजना पक्राउ

काठमाडौं : सशस्त्र प्रहरीले धादिङको थार्के गाउँपालिका १ खयरघारीस्थित पूर्व–पश्चिम लोकमार्गबाट ५० किलो चरेसहित एकजनालाई पक्राउ गरेको छ।  लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको टोलीले गएराति चरेससहित धादिङको गल्छी गाउँपालिका ८ बस्ने ३४ वर्षीय दिपक मगरलाई पक्राउ गरेको हो।

बा २१ प ८७६ नम्बरको मोटरसाइकलमा सवार मगरले तीनवटा झोलामा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित चरेस भेटिएपछि उनलाई पक्राउ गरिएको हो। उनले प्रयोग गरेको उक्त मोटरसाइकल समेत एपीएफ टोलीले बरामद गरेको छ ।

उनलाई राति नै आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय गजुरीमा बुझाइएको छ। उक्त चरेस धादिङको गोगनपानीबाट काठमाडौं ल्याउन खोजिएको अनुसन्धानबाट खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *