Home / Nepal / News / अन्जु पन्तको स्वर र संगीत रहेको गीतमा छोरी परितोषिका मोडेल

अन्जु पन्तको स्वर र संगीत रहेको गीतमा छोरी परितोषिका मोडेल

काठमाडौं : गायिका अन्जु पन्तले पहिलो पटक संगीत गरेको गीत ‘धेरै माया नदेऊ मलाई’ सार्वजनिक गरिएको छ। पन्तकै स्वरमा रहेको गीतमा शब्द रचना सुरेश वाग्लेको छ। 

गीतको म्युजिक भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तले अभिनय गरेकी छिन्। उनको यो पहिलो म्युजिक भिडियो हो। परितोषिकाका साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन। 

गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्। गीतको भिडियो गायिका अन्जु पन्तको अफिसियल ‘युट्युब च्यानल’, ‘अन्जु पन्त अफिसियल’ मा हेर्न सकिनेछ।https://youtu.be/ndGSi3-EhG0

Leave a Reply

Your email address will not be published. Required fields are marked *