Home / Nepal / News / नक्कली सावारी चालक अनुमति पत्र बोकेर सवारी चलाउँने व्यक्ति पक्राउ

नक्कली सावारी चालक अनुमति पत्र बोकेर सवारी चलाउँने व्यक्ति पक्राउ

काठमाडौं : नक्कली सावारी चालक अनुमति पत्र बोकेर सवारी चलाउँने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा खटिएको सादा पोशाकको ट्राफिक प्रहरी टोलीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ ठिमीमा  सिन्धुपाल्चोक सांगा चोकगडी नगरपालिका–१२ का वर्ष २८ का  आशिष गिरीलाई पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरिक्षक जनक भट्टराईले जानकारी दिए ।

चालकले प्रयोग गर्दै आएको बा १५ च ४६८४ नं. को हुण्डाई कम्पनिको कार तथा किर्ते गरी बनाइएका ३८ थान नक्कली सवारी चालक अनुमती पत्र र विभिन्न बैंकका चेकसमेत बरामद गरी थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *