नायक भुवन केसीको निर्माणमा बनेको चलचित्र क्याप्टेनले युट्युबमा राम्रो दर्सक बटुलेको छ। शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट अपलोड भएको उक्त २४ घण्टा नपुग्दै चलचित्र यो समाचार तयार पार्दा सम्म ७ लाख ३० हजार भन्दा बढिले हेरी सकेका छ्न।
अनमोल केसी र उपासना सिंह ठकुरीको जोडीलाइ हलका दर्सकले जस्तै युट्युबका दर्शकले पनि मन पराएका छ्न। अनमोल र उपासनाका साथमा विल्सन बिक्रम राइ, प्रसान्त ताम्राकार, सरोज खनाल, सुनिल थापा, राजाराम पौडेल आदि कलाकार छ्न।
एक महिना अघि बुढासुब्बा डिजिटलले अप्लोड गरेको अनमोल केसि र सुहाना थापा कलाकार रहेको चलचित्र ए मेरो हजुर ३ ले युट्युबमा धमाका मचाएको थियो भने ४ हप्ता पछि रिलिज भएको अनमोलको अर्को चलचित्र क्याप्टेनले कस्तो दर्सक बटुल्ले हो हेर्न बाँकी नै छ।






