काठमाडौं : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा विवाहको गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुलाहा कञ्चनपुरको बेलौरी नगरपालिका ३ का २१ वर्षीय गोबिन्द लुहार र दुलही बैतडीको दोगडाकेदार गाउँपालिका की १९ वर्षीया डम्मरा लुहार पनि घाइते भएकी छन् । दुर्घटनामा अन्य ११ जना जन्ती घाइते भएका छन् ।
बैतडीबाट जन्ती लिएर कञ्चनपुर आउँदै गरेको सुपप्र ०१००१ ज १२५४ नम्बरको विङ्गर गएराति ११ बजेतीर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चालकसहितका ४ जनाको अवस्था गम्भीर छ ।






