च्याम्पियन्स लिगअन्तर्गत बुधबार राती भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले म्यानचेस्टर युनाइटेडलाइ आफ्नै घरेलु मैदान वल्ड ट्राफोडमा ३-१ ले पराजित गरेको छ।
म्यानुका फ्रेडले रातो कार्ड खाएपछी पिएसजीलाइ जितको लागी सहज भएको हो। खेलको छैटौँ मिनेटमा पहिलो गोल गरेका नेयमारले खेलको अन्तिम समयमा थप एक गोल गर्दै पिएसजीलाइ जितको सुनिस्चितता दिलाएका थिए।
म्यानुका मार्कस राशफोर्डले ३२औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याउने प्रयास गरेतापनि ६९औँ मिनेटमा पुनः गोल गर्दै माक्विन्होले पीएसजीलाई अगाडि बढाए। ७०औँ मिनेटमा म्यानुका फ्रेड दोहोरो पहेँलो कार्ड पाएर बाहिरिए पछी मेन्यु १० जनामा सिमित भएको थियो।






