Home / Society / जेसिभिको ठक्करबाट झापा अर्जुनधारामा १ जनाको मृत्यु, जेसिभि चालक फरार

जेसिभिको ठक्करबाट झापा अर्जुनधारामा १ जनाको मृत्यु, जेसिभि चालक फरार

झापाको अर्जुनधारा नगरपालिका -८ कन्चनबारीमा जेसिभिको ठक्करबाट को १ प १५८७ नं. को जेसीभीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्युहुनेमा प्रदेश १ को ०१०१२- ७१५४ नम्बरको मोटरसाइकलका चालक ३२ वर्षीय दीपक कुमार बुढाथोकी रहेका हुन।

उक्त जेसिभिले ठक्कर दिँदा घाइते भएका बुढाथोकीलाइ बिर्तामोड स्थित बी एण्ड सी अस्पताल लगिएता पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर पछि जेसीभी चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *