Home / Nepal / नवलपरासी (पूर्व), सुर्खेत र कञ्‍चनपुरमा तीनजना मृत अवस्थामा भेटिए

नवलपरासी (पूर्व), सुर्खेत र कञ्‍चनपुरमा तीनजना मृत अवस्थामा भेटिए

काठमाडौं : नवलपरासी (पूर्व), सुर्खेत र कञ्‍चनपुरमा तीनजना मृत फेला परेका छन् । नवलपरासी (पूर्व) को देवचुली नगरपालिका १७, कुजौलीस्थित नारायणी नदीमा गैंडाकोट नगरपालिका ४ का ८१ वर्षीय धर्मदत्त पौडेल मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५, स्थित राम-जानकी सामुदायिक वनको गोरेटो बाटोमा दैलेख दुल्लु नगरपालिका ११, का ३२ वर्षीय गणेश भण्डारी मृत अवस्थामा फेला परेका छन् ।

कञ्‍चनपुरको भीमदत्त नगरपालिका ४, भानु पार्टी प्यालेसनजिक हाल नाम, थर , वतन नखुलेका करिब ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *