काठमाडौं: कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ।
४० प्रतिशत अंकका लागि लिइएको परीक्षा १ घन्टाको हुनेछ भने बाँकी ४० प्रतिशत अकंका लागि कक्षा ११ उत्तिर्ण भएको आधारमा र २० प्रतिशत आन्तरिक रूपमा विद्यार्थीको मूल्यांकनबाट हुने परिक्षा नियन्त्रण कार्यलयले जनाएको छ।
परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दूरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखेर परीक्षा सुरू गरिएको छभने संक्रमितको हकमा छुट्टै परीक्षा कोठाको व्यवस्था गरिएको छ। परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ।
यसै गरी उनीहरुलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइने र परीक्षा केन्द्रमा सेनिटाइजरको समेत व्यवस्था गरिएको बोर्डका अध्यक्ष पौडेलले बताउनु भएको छ।
परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको छ।
परीक्षाको अनुगमन र निगरानी अनलाइनबाटै गरिएको छ। बोर्डमा कन्ट्रोल रुमको व्यवस्था गरेर निगरानी गरिने व्यवस्था मिलाइएको हो ।






