काठमाडौ: भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले विदेश सचिवको कार्यभार सम्हालेपश्चात् नेपालका लागि पहिलो भ्रमण हुनेभएको छ।
सचिव हर्षवर्धनले यही मंसिर ११-१२ मा नेपालको औपचारिक भ्रमण गर्ने निश्चित भएको हो। भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरताअनुरुप रहेको बताइएको छ।
भ्रमणका क्रममा विदेश सचिवले आफ्ना समकक्षी र अन्य विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगका बारेमा छलफल गर्नुहुने कार्यक्रम छ।
भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्वपूर्ण हुनेछ।






