Home / Nepal / News / बागलुङकी एक ६५ वर्षीया महिलाको आरडीटी किटबाट गरिएको परिक्षणमा पोजेटिभ रिपोर्ट

बागलुङकी एक ६५ वर्षीया महिलाको आरडीटी किटबाट गरिएको परिक्षणमा पोजेटिभ रिपोर्ट

बागलुङ । गण्डकी प्रदेश सरकारले कोराना भाइरसको द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) लाई तीब्र बनाएपछि बागलुङमा थप एकजना शंकास्पद (पोजेटिभ) लक्षण भएका महिला फेला परेकी छन् ।

आइतबार बागलुङको काठेखोला गाउँपालिकामा जोखिम मानिएका ५७ जनाको द्रुत परीक्षण गरिएकोमा एक जनाको कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

उच्च जोखिम मानीएका ५७ जना ब्याक्तीको द्रुत परीक्षणका क्रममा काठेखोला वडा नम्बर ६ बिहुँ इनारपानीकी एक ६५ बर्षीय महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको काडेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिए ।

‘¥यापिड टेष्टका क्रममा शंकास्पद देखिएपछि महिलालाई गाउँपालिकाकै क्वारेन्टिनमा राखिएको छ’ उनले भने ।

‘थप परिक्षणका लागि अहिले प्राविधिकहरुले स्वाब निकाल्ने काम हुदै छ। स्वाब परिक्षणको रिपोर्ट आएपछि कोरोना भएनभएको थप प्रष्ट हुने छ ।’

उनले स्वाब निकाल्नका लागि बागलुङ चिकित्सक सहितको प्राविधिकहरु आउदै गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *