काठमाडौं: देशभरीमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ रहेको छ।
मृत्यु हुनेमा कास्कीका ६ , काठमाडौंका ५ , कैलाली , भक्तपुर र भारतका २-२ , झापा , सुनसरी , सप्तरी , काभ्रे , दोलखा , नुवाकोट , तनहुँ , रुपन्देही , गुल्मी र पाल्पाका १-१ जनाको मृत्यु भएको हो।
त्यसैगरि पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।






