काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच आज जंगी अड्डामा भेटवार्ता भएको छ ।
प्रधानसेनापति थापा र भारतीय राजदूत क्वात्राबीच दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यस किसिमको नियमति भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाल सेनाले लिएको विज्ञप्तिमा उल्लेख छ ।





