Home / Society / सप्तरीको खडक खोलामा गाडिएको अवस्थामा नवजात शिशुको उद्धार

सप्तरीको खडक खोलामा गाडिएको अवस्थामा नवजात शिशुको उद्धार

राजबिराज: सप्तरीको खडक खोलामा गाडिएको अवस्थामा जिउँदो नवजात शिशु फेला परेको छ।
बालुवामा गाडिएको नवजात शिशुलाई शुक्रबार जीवितै उद्धार गरिएको छ।

स्थानीयले शिशुको खुट्टाको भाग देखेर प्रहरीलाई खबर गरेको थियो। खबर पाए लगत्तै पुगेको प्रहरीले उद्धार गरेको प्रहरीले बताएको छ। त्यस लगत्तै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको थियो।

शिशुलाई थप उपचारका लागि धरान स्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। शिशुका बुवा-आमाको खोजि भइरहेको प्रहरीले जनाएको छ।

केहि दिनअघि सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ स्थित नहरमा समेत वेवारिसे अवस्थामा एक नवजात शिशु बालक फेला परेको थियो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *