काठमाडौं: राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीलाइ कोरोना संक्रमण पुस्ठि भएको छ। केहिदिन अघि निमोनियाबाट स्वास्थ अवस्था गम्भीर रहेको र थप कोरोनाको संक्रमणले झन जटिल बनेको हो। उनलाइ मेडिसिटि अस्पतालमा राखीउपचार गरिरहेको जनाइएको छ।
रास्ट्रीय जनमोर्चाको केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले केसीको लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकाले त्यसमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरूको सहयोगबाट गर्ने निर्णय समेत गरेको कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले विज्ञप्ति निकालेर जनाएका छन।







