काठमाडौं: आज राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औं जन्मजयन्ती सरकारको तर्फबाट कुनै औपचारीक कार्यक्रम नभएता पनि उहाँको योगदान विशेष रहेको छ।
प्रधानमन्त्री ओलीले ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ। ओलिले लेख्नुभएको छ
“राष्ट्रिय विभूति,समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औं जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु। यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा उहाँकाे शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्ने कामना गर्दछु”।






