Home / World News / जोइ बाइडेन संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित

जोइ बाइडेन संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित

काठमाडौं। डेमोक्र्याट जोइ बाइडेन संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित भएका छन्।

मंगलबार सम्पन्न निर्वाचनले अमेरिकामा ४६औं राष्ट्रपतिका रुपमा जो बाइडेनलाई जिताएको छ। अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन्। उनी डेमाक्रेटिक पार्टीका सदस्य हुन्।

बाइडेन डेमोक्रोटिक पार्टीका सदस्य हुन्। पूर्व राष्ट्रपति बाराक ओबामाकालमा उनी उपराष्ट्रपति थिए। १९४२, नोभेम्बर २० का दिन जन्मिएका उनले १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बनेका थिए। यहीँबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *