Home / Nepal / कोरोना संक्रमितको उपचारमा संलग्‍न २२ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा पनि संक्रमण

कोरोना संक्रमितको उपचारमा संलग्‍न २२ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा पनि संक्रमण

एजेन्सी । कोरोना संक्रमितको उपचारमा संलग्‍न विभिन्न मुलुकका २२ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वका विभिन्न ५२ मुलुकमा संक्रमितको उपचारमा खटिएका २२ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण देखिएको पुष्टि गरेको हो । 

अप्रिल ११ मा डब्लूएचओले जारी गरेको प्रतिवेदनमा कोरोना भाइरस संक्रमितको उपचारमा संलग्नमध्ये विभिन्न मुलुकका गरी २२ हजार ७३ स्वास्थ्यकर्मीमा संक्रमण देखिएको उल्लेख छ ।
डब्लूएचओका अनुसार अप्रिल ८ सम्म ५२ देशका २२ हजार ७३ स्वास्थ्यकर्मी प्रभावित भइसकेका बीबीसीले जनाएको छ । 

जोन हप्किन्स युनिभर्सिटीका अनुसार विश्वका एक सय ८५ देशमा १७ लाख ७३ हजार तीन सय ५८ जना कोरोना भाइरसबाट संक्रमित छन् । संक्रमणबाट अहिलेसम्म विश्वभर एक लाख आठ हजार सात सय दुई जनाको मृत्यु भइसकेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *