उर्लाबारी: मोरङको दुइ बेग्लाबेग्लै ठाउँमा करेन्ट लागेर दुइजनाको मृत्यु भएको छ।
मोरङको पथरीशनिश्चरे नगरपालिका -८ मा करेन्ट लागेर शुक्रबार साँझ सुनसरीको रामधुनी -८ का ४५ वर्षीय सुवरलाल चौधरीको मृत्यु भएको छ।
बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेको र घाइते अवस्थाका सुवरलालको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय पथरीले जनाएको छ।
यसैगरी मोरङ कै उर्लाबारी नगरपालिका ९ स्थित रतुवा खोलामा विद्युत प्रवाह गरेर माछा मार्दै गर्दा शुक्रबार साँझा ६ बजे करेन्ट लागेर सोहि ठाउँ बस्ने ३५ वर्षीय विनोद परियारको मृत्यु भएको इलाका प्रहरी कार्यलय उर्लाबारीले जनाएको छ।






