काठमाडौं: कोरोना महामारीका कारण समस्यामा परेका श्रमिक र असहायलाई बिगत ७ महिना भन्दा लामो समय देखी निशुल्क खाना खुवाउँदै आएको ‘हन्ड्रेड्स ग्रुप्स’ समुहलाइ काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउन रोक लगाएको छ।
उक्त समूहले विगत दुईसय बीस दिनयता कोरोनाका कारण समस्यामा परेकाहरूलाई दैनिक निशुल्क खाना खुवाउँदै आएको छ।
निशुल्क खाना वितरण अभियान नेतृत्व गरिरहेका अभियन्तालाइ काठमाडौं नगरपालिकाले फोन गरेर खाना नबाँड्न निर्देशन दिएको हो।
सार्वजनिकस्थलमा फोहोर गरेको भन्दै सोमबार बितरणको लागि पाकेको खाना समेत बाड्नलाइ समेत नपाएको अभियान सम्लग्न स्वयंसेवकहरुले बताएका छन।
उक्त अभियन्ताहरुले आफुँहरुले सरसफाइ पनि गरिरहेको भनेता पनि काठमाडौं नगरपालिकले फोहोर गरेको भन्दै पकाएर बितरण गर्न तयार पारेको खाना समेत नबाड्न निर्देशन दिएको हो।
पुर्ब जानकारी बिना नै यसरी बितरण गर्न तत्काल बन्द गर्न निर्देशन दिनु अत्यन्तै गैर जिम्मेवारी काम हो अभियानमा सम्लग्न स्वयंसेवकले भनेका छ्न।
महानगर उक्त निर्णयले सयौं सहयोगी हातहरु र निशुल्क खाना खाइरहेका असाहयहरुको भावनामा ठेश पुगेको छ।






