Home / Society / सिराहामा बोक्सिको आरोपमा आफ्नै आमाको कुटपिट गरि हत्या

सिराहामा बोक्सिको आरोपमा आफ्नै आमाको कुटपिट गरि हत्या

सिराहा जिल्ला सिसरहाको कर्जन्हा नगरपालिका ३ की ९० वर्षीया सुदामादेवीको आफ्नै छोरा रामऔतार साहको कुटाइ बाट शनिबार साँझ मृत्यु भएको छ।

गत बुधबार बोक्सी आरोपमा छोराको कुटपिटबाट गम्भीर घाइते भएकी सुदामादेवीको हिजो ५ बजे उपचारको क्रममा सिरहा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चेयाले जानकारी दिएको छ।

गएको बुधबार सुदामा देवीलाई बोक्सीको आरोप लगाउँदै उनको आफ्नै कान्छो छोरा गाउँलेकै अगाडी कुटपिट गरी मलमुत्र खुवाउने प्रयास गरेका थिए।

गाउँलेले खबर गरेपछि समयमै प्रहरी पुग्दा दिसा खुवाउने प्रयास असफल भएपनि घाँटी थिचेर कुटपिट गर्दा सुदामादेवी गम्भीर घाइते भएकी थिइन।

उनलाइ उपचारका लागि सोहिदिन जनकपुरको प्रादेशिक अस्पतालमा भर्ना गरिएपनि २ दिनको उपचार पश्चात घर फर्काएको थियो। हिजो पुन स्वास्थ गम्भीर भएपछि उपचारका लागी सिराहा अस्पतालमा भर्ना गरिएको थियो।

कान्छी बुहारी मनीषाको खुट्टामा घाउ भएपछि छोर रामऔतारले आमामाथि बोक्सीको आरोप लगाउँदै कुटपिटगर्दै मलमूत्र खुवाउने प्रयास गरेका हुन।

घटना लगतै फरार भएका रामऔतारलाई दुईदिनपछि गएको शुक्रबार प्रहरीले पक्राउ गरेको थियो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *