म्याग्दी: म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका -६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको जिप शुक्रबार दुर्घटना हुँदा जिपमा सबार अन्दाजी १२ बर्षिय रिया बिकको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन।
विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो।जिप शुक्रबार दिउँसो १२ बजेतिर दुर्घटनामा परी कालीगण्डकी नदिमा खसेको थियो।
घाइतेहरुको बेनि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय म्याग्दीले जनाएको छ।






