बिरगंज: बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा
गएराति भारतबाट अबैध रुपमा मोटरसाइकलमा प्याज ल्याउदैं गर्दा प्रहरीले नियन्त्रमा लिने क्रममा सीमा क्षेत्रनजिकै प्रहरीको टोली र स्थानिय बिच झडप भएको छ।
झडपका क्रममा तिन प्रहरी सहित चार जना घाइते भएका छ्न। तस्करहरुले ल्याएको अबैध प्याज नियन्त्रण लिने क्रममा तस्कर समुह र स्थानीयले प्रहरीलाई अवरोध गरेका थिए।
प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार स्थानीयसहितको तस्करहरुले प्रहरीमाथी आक्रमण तथा गाडी तोडफोड गर्न थालेपछी प्रहरी घाइते भएका थिए।
स्थिति नियन्त्रण लिन र आत्मरक्षाका लागि प्रहरीले बाध्य भएर आत्मसुरक्षाका लागि अन्तिम अवस्थामा १२ राउन्ड फायर गर्नु परेको डिआइजी सिंहले बताउनु भएको छ।
गोली लागेर स्थानीय १४ वर्षीय रञ्जन यादव सख्त घाइते भएका छन भने तिन प्रहरी समेत घाइते भएका छन।
प्रहरीका अनुसार अहिले पनि सो क्षेत्रमा स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।






