Home / World News / कोरोना कहरका बिच भारतको बिहार प्रान्तमा मतदान हुदैं।

कोरोना कहरका बिच भारतको बिहार प्रान्तमा मतदान हुदैं।

काठमाडौं: दुई करोड १४ लाख मतदाताले कोरोना महामारीका बाबजुद भारतको बिहारमा विधानसभाका लागि मतदान गरिरहेका छ्न।

तीन चरणमा हुने मतदानको आज पहिलो चरणको मतदान जारी छ। आज पहिलो चरणमा १६ जिल्लाका ७१ सिटका लागी १ हजार ६६ जना उम्मेद्बार चुनावी मैदानमा छ्न जसमा ९५२ पुरुष र ११४ महिला रहेका हुन।

दोस्रो चरणको मतदान ३ नोभेम्बरमा र तेस्रो चरणको मतदान ७ नोभेम्बरमा हुने निर्वाचन कार्यतालिका यस अघि नै सार्बजनिक भइसकेको छ। निर्वाचनको नतिजा १० नोभेम्बरमा सार्वजनिक हुने छ।

पहिलो चरणको निर्वाचनमा राष्ट्रिय जनता दल ( राजद ) ले ४२ लोक जनशक्ति पार्टी ( लोजपा ) ले ४१ , राष्ट्रिय लोक समता पार्टी ( रालोसपा ) ४० , भारतीय जनता पार्टी ( भाजपा ) २ ९ सिटमा उम्मेदवारी दिएको छन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *