चितवन । भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा २१ का ५६ वर्षीय पुरुष छन् ।
कात्तिक ५ गते श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई अस्पतालको सीआईसीयू कक्षमा भर्ना गरिएको थियो ।
उनको कात्तिक ८ गते कोभिड १९ संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । उनी लामो समयदेखि मुटु तथा मिर्गौला रोगबाट पीडित थिए । ती पुरुषको स्वास्थ्य अवस्थामा थप जटिल हुँदै गएपछि कात्तिक ९ गते कोभिड आईसीयूमा राखेर उपचार गरिएको हो ।
उनको गएराति ९:३५ बजे सीकेडी, सेभियर कोभिड निमोनियाँको कारणले मृत्यु भएको पौडेलले जानकारी दिए ।






