काठमाडौं । किङ्स इलाभेन पन्जाबले सनराइजर्स हैदरावादलाई समान्य लक्ष्य सुम्पेको छ । दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलको पहिलो इनिङ्समा पन्जाबले हैदराबादलाई जितका लागि १ सय २७ रनको सामान्य लक्ष्य सुम्पेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन जोडेको थियो । मध्येम सुरुवात गरेको पन्जाबले पहिलो विकेटको रुपमा मन्दीप सिंहलाई गुमाएको थियो । सन्दीप पाँचौ ओभरको अन्तिम बलमा राशिद खानको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किएका थिए । उनले १७ रन जोडे ।
त्यस्तै दोस्रो विकेटको रुपमा २० रनमा खेलाडी रहेका क्रिस गेललाई गुमाएको पन्जाबले तेस्रो विकेटको रुपमा भने कप्तान केएल राहुलाई गुमाएको थियो । राहुलले २७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा २७ रन जोडेका थिए ।
ग्लेन म्याक्सवेलले १२ रन जोड्दा क्रिस जोर्डन ७, मुरुगन आश्विन ४ र दीपक हूडा शुन्य रनमा आउट भएका थिए । निकोलस पूरनले भने ३२ रनको अविजितर पारी खेले । उनले २८ बलमा दुई चौका प्रहार गर्दै २८ रन जोडेका हुन् ।
पन्जाबलाई सस्तैमा समेट्न हैदराबादका लागि सन्दीप शर्मा, जोसन होल्डर र राशिद खानले समान दुई–दुई विकेट लिए ।






