Home / Nepal / News / तनहुँमा दुइ २ थान पेस्तोल र बन्यजन्तु अङ्ग सहित एकजना पक्राउ

तनहुँमा दुइ २ थान पेस्तोल र बन्यजन्तु अङ्ग सहित एकजना पक्राउ

तनहुँ: तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–६ का ४० वर्षीय अशोक गुरुङलाइ २ थान पेस्तोलसहित मङ्गलबार पक्राउ गरिएको छ।

इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिगएको प्रहरी टोलीले गुरुङको घरबाट दुई थान पेस्तोल सहित वन्यजन्तुसँग सम्बन्धित सामग्री बरामद गरेको छ।

घर भित्र लुकाई राखेको अवस्थामा ९ एमएमको अटो पेस्तोल, एक राउण्ड गोली, ७ इन्च लम्बाई र ५ इन्च चौडाई भएको म्याग्जिन सहितको एक थान पेस्तोल र लुकाइछिपाइ राखेको अवस्थामा पाँचवटा विभिन्न वन्यजन्तु सामग्री बरामद गरेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *