अबुधाबी: जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको यो सिजन शनिबार राती भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्सलाई पाँच विकेटको हार चखाएको छ।
एक सय ८० रनको लक्ष्य दिल्लीले एक बल बाँकी रहँदा पाँच विकेट गुमाएर पुरा गरेको थियो।
दिल्लीका लागि शिखर धवनले १ सय १ रनमा अविजित रहे भने अर्का अबिजित अक्सर पटेल २१ रनमाको योगदान नै विषेश बन्न पुग्यो।
६ बलमा १७ रन आवश्यक रहेकाबेला अक्सरले तीन छक्का सहित २० रन जोड्दै दिल्लिलाइ जित दिलाएका हुन। अन्तिम ओभरमा बलिङका लागि आएका रविन्द्र जडेजाले पहिलो बल वाइड बल फ्याँकेका थिए भने, त्यसपछि शिखर धवनले एक रन लिएर अक्सरलाई स्ट्राइक दिएकाथिए।
दोस्रो, तेस्रो र पाँचौ बलमा अक्सरले छक्का प्रहार गरेका हुन। बाकी दुइ रन चौथो बलमा लिएका थिए। अक्सरले केवल ५ बलमात्र सामना गरेर २१ रन जोडेका हुन्।
धवनले ५८ बलमा एक छक्का र १४ चौका प्रहार गरेका थिए। ९ खेलपछि दिल्ली १४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ।
८ खेलबाट १२ अंक भएको मुम्बई इन्डियन्स दोस्रो स्थानमा छ। ९ खेलबाट १२ अंक भएको रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो स्थानमा छ।






