महेन्द्रनगर: महिला हत्याको अभियोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का पक्राउ परेका २६ वर्षीय मानसिंह खुनालाई कर्तव्य ज्यानमा मुद्दा अघि बढाएको छ।
३५ वर्षीया कलावतीदेवी खुनाको शव गाडेको अवस्थामा फेला परेपछि अनुसन्धानका क्रममा उनका आफ्नै देवर अभियुक्त मानसिंह खुना पक्राउ परेका हुन।
मंगलवार माछा मार्न गएकी खुना नफर्केपछि र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा शव गाडेको अवस्थामा भेटिएको थियो।
घरायसी विवादले हत्या गरेको बुझिन आएको छ। अभियुक्त मानसिंह खुनालाइ पक्राउ गरी १० दिन म्याद थप गरेर कर्तव्य ज्यान मुद्दा चलाइएको छ।






