काठमाडौं: पछिल्लो २४ घण्टामा देशभरीमा कोरोना भाइरसको संक्रमणबाट २२ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ महिला र १७ पुरुष रहेका छन।
जुन संख्या कोरोना महामारीका कारण मृत्युहुनेको हाल सम्मकै सबैभन्दा धेरै संख्या हो।
यो सहित हाल सम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ३६ पुगेको छ।






