Home / Society / घरायसी विवादमा लोहोरो प्रहार बाट श्रीमतीको हत्या

घरायसी विवादमा लोहोरो प्रहार बाट श्रीमतीको हत्या

दिक्तेल: खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी २ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी गिरीको उपचार गर्न लैजानेक्रममा बाटैमा मृत्यु भएको छ।

घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरी कुटाइबाट गम्भीर घाइते भएकी उनलाई जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौ लैजादै गर्दा मृत्यु भएको हो।

श्रीमान डम्बरबहादुर र मृतक ज्ञानकुमारी बिहान विवाद भएको र यसै क्रममा श्रीमान डम्बरबहादुरले कुटपिट गरि मसला पिस्ने ढुङ्गाको लोहोरोले प्रहार गरेका थिए।

लोहोरोले लागेर गम्भीर घाइते भएकी ज्ञानकुमारीको भाग्ने क्रममा छिमेकीको घरमा पुग्ना साथ ढलेर बेहोस भएकी थिइन।

आफूले प्रहार गरेको लोहोरोले लागेर श्रीमती बेहोस भएपछि श्रीमान डम्बरबहादुर भने फरार भएको प्रत्यक्षदर्शीले बताएका छन।

फरार डम्बरबहादुरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *