Home / Society / काङ्ग्रेस नेता थापालाइ पितृसोक

काङ्ग्रेस नेता थापालाइ पितृसोक

काठमाडौँ: नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाका आदरणीय पिता डा. रामबहादुर थापाको शुक्रबार ७९ वर्षका उमेरमा क्यान्सरका कारण मृत्यु भएको छ।

डा. थापाको केहि दिनअघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रोस्टेट गन्थ्रीको शल्यक्रिया गरिएको थियो।

स्वास्थ्यमा जटिल समस्या आएपछि शुक्रबार बिहान उपचारका लागि मध्यपुर अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो।

कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ती जारी गर्दै स्वर्गीय थापाप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *