Home / Nepal / News / पाँच कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बिमा समितिको कार्यालय सिल

पाँच कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बिमा समितिको कार्यालय सिल

काठमाडौं । बिमा क्षेत्रको नियामक निकाय बिमा समितिको कार्यालय सिल गरिएको छ । समितिका पाँच कर्मचारीलाई कोभिड १९ को रिपोर्ट पाजेटिभ आएपछि पाँच दिनका लागि कार्यालय बन्द गरिएको हो ।

केही कर्मचारीमा कोरोना देखिए पनि आज असोज १९ गतेबाट असोज २३ गतेसम्म ६ दिनेका लागि समितिको कार्यालय सिल गरिएको बिमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताए । ५ दिनका लागि कार्यलय सिल भए पनि अत्यवश्यक सेवा भने कर्मचारीले घरबाटै भए पनि नियमित राख्‍ने समितिले जनाएको छ ।

कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीले कोरोना परीक्षण गरे पनि डिस इन्फेक्सन गरेर आगामी साताबाट कार्यलय पुन: सुरु गरिने समितिले जनाएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितका संख्या बढ्दै जाँदा धेरैजसो सरकारी कार्यालयहरुको सेवा  अवरुद्ध हुन पुगेको छ । गत साता राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग तीन दिन बन्द भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *