मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार बिहान ६:३० बजे उर्लाबारी नगरपालिका – ९ का देउ कुमार लिम्बूको मृत्यु भएको हो।
उर्लाबारी चोकमा ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले लिम्बु सबार प्र १-०२०-०४१ प २२२ ९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसको ठक्करबाट लिम्बु गम्भीर घाइते भएका र उनलाइ बिर्तामोड स्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
ठक्कर दिने ट्रक चालक अहिले प्रहरी नियन्त्रणमा छ्न।






