इन्डियन प्रिमियर लिग (आईपीएल) को ११ औं खेलमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदराबादको सामना गर्दैछ । शेख जायद क्रिकेट रंगशाला, अबुधबीमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
दुई खेल खेलेको दिल्लीले दुबैमा जित दर्ता गर्दै अंक तालिकाको शिर्ष स्थानमा रहेको छ भने दुबै खेलमा पराजित हैदराबाद अंक बिहिन रहँदै अंक तालिकाको पुछारमा रहेको छ ।
दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स ११ पन्जाबलाई सुपर ओभरमा तथा दोश्रो खेलमा चेन्नाई सुपर किंग्सलाई ४४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । हैदराबाद भने रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले तथा कोलकाता नाइट राईडर्ससँग सात विकेटले पराजित भएको थियो ।
आईपीएलमा दिल्ली र हैदराबाद हाल सम्म १५ पटक आमुन्ने सामुन्ने हुंदा हैदराबादले नौं खेलमा जित दर्ता गराएको छ भने दिल्लीले मात्र छ खेल आफ्नो पक्ष्यमा पार्न सफल भएको छ । पछिल्लो सिजन खेलेका दुबै खेलमा भने दिल्लीले हैदराबादलाई दुई विकेट र ३९ रनले पराजित गरेको






