Home / Society / पुरुसोत्तम महिनामा पद्मिनी एकादशीको व्रत बस्नाले सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने

पुरुसोत्तम महिनामा पद्मिनी एकादशीको व्रत बस्नाले सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने

आज पुरुसोत्तम महिनामा पद्मिनी एकादशीको विधि पुर्बक व्रत बस्नाले सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने बिश्वास रहेको छ।

पद्मिनी एकादशी भगवान बिष्णुको अत्यन्तै प्रिय एकादशीको रुपमा लिइने गरिन्छ। पद्मिनी एकादशी व्रतलाई बिधिपूर्वक पालन गरेर व्रत गरेमा सबै प्रकारका यज्ञ, व्रत एवं तपस्याको फल प्राप्त हुन्छ भन्ने बिश्वास रहेको छ।

त्रेता युगमा एकजना एकदमै पराक्रमी राजा कीतृवीर्यले राज गर्ने गर्दथे। राजा कितृवीर्यका धेरै रानीका बावजूद कसैबाट पनि सन्तान भएको थिएन। निसन्तानका कारण दरबारमा सबै सुखसुबिधा भएता पनि राजा र रानीहरु निसन्तानका कारण एकदमै दु:खी थिए।

सन्तान प्राप्तिको लागि राजा आफ्ना रानिहरुको साथ हजारौं बर्ष तपस्या गरेतापनी सन्तान प्राप्त हुन सकेन। निरन्तर तपस्याका कारण राजाको शरीर निकै कमजोर भइसकेको थियो तरपनि सन्तान प्राप्त हुन सकेन।

एकदिन रानीले देवी अनुसूयालाई यतिका बर्षसम्म तपस्या गर्दा पनि सन्तान प्राप्त नभएको भन्दै कुनै उपाय भए बताउनका लागि अनुरोध गरिन। देवीले पुरुसोत्तम महिनाको शुक्लपक्ष को एकादशीको बिधि-पुर्बक व्रत बस्नाले सन्तान प्राप्त हुने उपाय बताइन।

देनि अनुसूयाले रानीलाई ब्रतको विधान बताइन। देबिले भने अनुसार नै पद्मिनी एकादशीको व्रत बसिन। व्रतको समाप्त सङै भगवान प्रकट भएर रानिलाइ वरदान माग्नका लागि अनुरोध गर्नुभयो।

रानीले भगवानलाई यदि प्रभु म सङ प्रसन्न हुनुहुन्छ भाने मेरो बदलमा मेरो पतिलाइ बरदान दिनुहोस। भगवानले राजालाई वरदान माग्नका लागि अनुरोध गर्दा राजाले भगवान सङ भनेकी प्रभु मलाइ यस्तो पुत्र दिनुहोस जो सर्वगुण सम्पन्न होस ताकी उसलाइ भगवान स्वयम बाहेक कसैसङ पनि पराजय हुन नपरोस। भगवानले तथास्तु भन्दै बिदा हुनुभयो।


केहि समयपछि रानीले एउटा छोरो जन्माइन जो कार्तबिर्य अर्जुनको नामबाट परिचित बालक अत्यंतै पराक्रमी राजा भए जसले रावणलाई समेत बन्दी बनाएका थिए भन्ने शास्त्रमा बर्णन गरीएको छ। यसैले आजका दिन बिधिसङत व्रत बस्नाले पुत्रप्राप्त हुन्छ भन्ने बिश्वास रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *